शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

राजनीति

नाउपा संसदीय दलका नेता चौधरी निलम्बित


  • 604
    SHARES
  • https://indrenipost.com/posts/7631
    चैत ३०, २०८० शुक्रबार
    नाउपा संसदीय दलका नेता चौधरी निलम्बित

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् । 

    पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।

    नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन् । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । 

    चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ ।

    अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij