शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कर्णाली प्रदेश : एक जना मन्त्रीसहित सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल 


  • 613
    SHARES
  • https://indrenipost.com/posts/7791
    बैशाख १२, २०८१ बुधबार
    कर्णाली प्रदेश : एक जना मन्त्रीसहित सरकार विस्तार गर्दै मुख्यमन्त्री कँडेल 

    सुर्खेत । सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल कँडेलले आज एकजना मन्त्रीसहित सरकार विस्तार गर्ने भएका छन् । 

    नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले प्रदेशसभा सदस्य रनसिंह परियारलाई सरकारमा पठाउने निर्णय गरेसँगै सानो आकारमा मन्त्रिपरिषद् विस्तार हुने भएको हो । 

    परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए । 

    उनका अनुसार आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।

    ‘सरकारमा नयाँ जाने वा पुरानै पठाइने भन्ने अहिले टुङ्गो लागेको छैन,’ उनले भने, ‘बाँकी तीन मन्त्रीको टुङ्गो लागेपछिको कुन मन्त्रालयको हुने भन्ने निक्र्योल हुन्छ ।’

    यता नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले मुख्यमन्त्री कँडेलले भोलि विश्वासको मत लिइसकेपछि दलको बैठक बसेर मन्त्री पठाउने बताए ।

    ‘आज माओवादीले एक जना विनाविभागीय मन्त्री भनेर रनसिंह परियारलाई पठाएको छ,’ उनले भने, ‘मुख्यमन्त्रीले विश्वास मत लिइसकेपछि सरकारले पूर्णता पाउनेछ ।’–रासस 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij