आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

यु–१९ महिला विश्वकप

स्कटल्याण्डसँग नेपाल पराजित


  • 442
    SHARES
  • https://indrenipost.com/posts/8083
    माघ ७, २०८१ सोमबार
    स्कटल्याण्डसँग नेपाल पराजित

    काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ ।

    नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी सिमाना केसी र रचना चौधरीले २-२ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।

    स्कटल्याण्डका लागि पिपा स्प्रोलले ३५ रनको शानदार पारी खेल्दै टोलीलाई खेलमा जीवितै राखेकी थिइन् ।

    त्यसअघि बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर  ७३ रन बनाएको थियो ।

    नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन् ।

    नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन् । यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए ।

    अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो । नेपालले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ । उक्त खेलमा अस्ट्रेलियालाई हराउँदै नेपाल स्कटल्याण्डको नतिजामा भर पर्नु पर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij