आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

टी–२० सिरिज

नेदरल्यान्डसँग नेपालको लज्जास्पद तेस्रो हार


  • 442
    SHARES
  • https://indrenipost.com/posts/8114
    माघ २०, २०८१ आइतबार
    नेदरल्यान्डसँग नेपालको लज्जास्पद तेस्रो हार

    काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।

    नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो । नेपालका लागि सिता रानामगरले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा ५ विकेट लिएकी थिइन् ।

    दोस्रो इनिङमा नेपालले स्थिर सुरुवात गर्यो । पहिलो विकेटका लागि सम्झना खड्का र ममता चौधरीले ५.५ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । ममता १३ बलमा सात रन बनाएर आउट भइन् । लगत्तै सम्झना पनि २३ रनमा पेभिलियन फर्किइन् ।

    तेस्रो नम्बरमा आएकी पूजा महतो र कप्तान इन्दु बर्माबीच आशालाग्दो साझेदारी भयो । उनीहरुले ३७ रन थप्दै नेपाललाई १२.३ ओभरमा ७१ रनमा पुर्‍याए । तर, पूजा महतो १८ रनमा आउट भएसँगै नेपाललाई ठूलो झट्का लाग्यो । पूजाले १८ बलकै सामना गरेर १ चौका प्रहार गरेकी थिइन् ।

    रन गति बढाउन नसक्दा नेपालमाथि दवाव बढ्दै गयो । कप्तान इन्दुले ३० रनमा विकेट गुमाइन् । रुबिना क्षेत्री आज पनि चलिनन् । उनी पहिलो बलमै आउट भइन् । नेपालले पूरा २० ओभर खेलेर ८ विकेट क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । नेपालले १६ अतिरिक्त रन पाएको थियो ।

    आजको हारसँगै नेपालको उपाधि होड कमजोर बनेको छ । यसअघि नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग एक–एक हार व्यहोरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij