आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार


  • 640
    SHARES
  • https://indrenipost.com/posts/9569
    साउन ४, २०८२ आइतबार
    पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

    काठमाडौँ, ४ साउन । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आइतबार झिनो सुधार देखिएको छ भने कारोबार रकम भने साढे २१ अर्ब रुपैयाँ नाघेको छ । बजार परिसूचक ०.३२ अङ्कले बढेर २,८७०.९५ बिन्दुमा पुगेको छ ।
    नेप्सेका अनुसार आज ३१६ वटा कम्पनीका कुल ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिद बिक्री भएका छन् । एक लाख ७८ हजार १७६ पटकको कारोबारबाट कुल रू २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ बराबरको कारोबार भएको छ ।
    समूहगत कारोबारमा बैंकिङ १.३८, विकास बैंक ०.०८, वित्त २.२६, जलविद्युत् ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त ०.०२ र व्यापार समूह ०.५० मा गिरावट आएको छ । बाँकी समूहहरूमा भने सुधार देखिएको छ । होटल तथा पर्यटन समूह १.२४, जीवन बीमा १.४०, म्युचुअल फन्ड ०.२५, निर्जीवन बीमा १.३७ र अन्य समूह ३.३६ ले बढेका छन् ।
    आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै समृद्धी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य ८.८८ ले घटेको छ ।
    कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ, जसको कुल कारोबार मूल्य रू ९८ करोड ५५ लाख ५२ हजार ९८९ पुगेको छ । कारोबार सङ्ख्याका आधारमा भने सिटिजन्स सुपर ३० म्युचुअल फन्ड अग्रस्थानमा छ, जसका ३१ लाख सात हजार २०० कित्ता शेयर खरिदबिक्री भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij