आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

झिनो गिरावट सहित नेप्से बन्द, १९ अर्बभन्दा बढीको उत्साहजनक कारोबार


  • 622
    SHARES
  • https://indrenipost.com/posts/9647
    साउन १२, २०८२ सोमबार
    झिनो गिरावट सहित नेप्से बन्द, १९ अर्बभन्दा बढीको उत्साहजनक कारोबार

    काठमाडौँ, १२ साउन – नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज सामान्य रूपमा घटेको छ । कारोबारको अन्त्यमा नेप्से शून्य दशमलव ०६ प्रतिशतले अर्थात् २।०७ अङ्कले घट्दै २,९६२.१३ विन्दुमा पुगेको छ ।
    आजको कारोबार रकम भने उत्साहजनक देखिएको छ । ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर १ लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा कारोबार रकम १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँ नाघेको छ ।
    उत्कृष्ट वृद्धिदर देखाउने कम्पनीहरूमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले, सान्भी इनर्जी लिमिटेडको ९.९२ प्रतिशतले र ट्रेड टावर लिमिटेडको ९.५३ प्रतिशतले वृद्धि भएको छ ।
    त्यस्तै बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य ८.४९ प्रतिशतले, लक्ष्मी उन्नती कोषको ७.५२ प्रतिशतले र ग्रीन भेञ्चर लिमिटेडको ५.०८ प्रतिशतले घटेको छ ।
    यद्यपि परिसूचकमा सामान्य गिरावट आएको भए पनि कारोबार रकमले बजारमा लगानीकर्ताको सक्रियता दर्शाएको विश्लेषकहरूको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij