आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

अब सबै ब्रोकरले मार्जिन कारोबार सेवा दिन पाउने, स्टक डिलरको पनि आईपीओ आउन सक्ने


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/9619
    साउन ९, २०८२ शुक्रबार
    अब सबै ब्रोकरले मार्जिन कारोबार सेवा दिन पाउने, स्टक डिलरको पनि आईपीओ आउन सक्ने

    काठमाण्डौ  – नेपाल धितोपत्र बोर्डले हालै लागू गरेको धितोपत्र कारोबार नियमावली २०८२ मार्फत ब्रोकर व्यवसायीको कार्यक्षेत्रलाई थप फराकिलो बनाएको छ । नयाँ नियमावलीअनुसार अब २० करोड रुपैयाँ चुक्ता पूँजी भएका सबै ब्रोकरहरुले मार्जिन कारोबार सेवा प्रदान गर्न सक्नेछन् ।
    बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, यस सेवाका लागि कार्यविधि भने अझै निर्माणाधीन अवस्थामा रहेको छ। हालको कार्यविधिलाई संशोधन गरी चाँडै कार्यान्वयनमा ल्याइने तयारी भइरहेको छ ।
    स्टक ब्रोकर एसोसिएसन अफ नेपाल का अध्यक्ष सागर ढकालले बताएअनुसार, कार्यविधिमा सुधार आवश्यक रहेको र त्यसपछि सबै ब्रोकरले यो सुविधा दिन सक्ने वातावरण तयार हुनेछ ।
    त्यसैगरी, ६० करोड रुपैयाँ पूँजी भएका ब्रोकरहरुले अब योग्य संस्थागत लगानीकर्ता को रूपमा पनि काम गर्न पाउनेछन्। यसले गर्दा उनीहरूले बुक बिल्डिङ प्रणालीबाट आईपीओमा आवेदन दिन सक्ने र पोर्टफोलियो व्यवस्थापन सेवा समेत प्रदान गर्न सक्नेछन् ।
    हाल पूर्ण सेवा दिने ब्रोकरहरूमा हिमालयन सेक्युरिटिज ९ब्रोकर नं. ९६००, एनआईएमबी स्टक मार्केट लिमिटेड ब्रोकर नं. ७५००, र सनी सेक्युरिटिज ब्रोकर नं. ४२० रहेका छन् ।
    यसका साथै, १ अर्ब ५० करोड रुपैयाँ पूँजी भएका २ वटा स्टक डिलरहरुले नियामक प्रक्रिया पुरा गरेर आईपीओमा जान सक्ने बाटो खुलेको बोर्ड स्रोतले जानकारी दिएको छ । हाल नेपालमा नागरिक स्टक डिलर र नबिल स्टक डिलर गरी दुईवटा स्टक डिलर क्रियाशील छन् ।
    यो निर्णयसँगै नेपाली पूँजी बजारमा प्रतिस्पर्धा, पारदर्शिता र लगानीकर्ताको पहुँच अझै सुदृढ हुने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij