काठमाडौँ, १३ साउनः नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ३०.७६ अंकले वृद्धि भई ३,००२।०७ विन्दुमा पुगेको छ । आज नेप्से सूचक १.०३ प्रतिशतले बढेको हो ।
मंगलबार ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर १ लाख ५७ हजार ५२५ पटक कारोबार हुँदा कुल रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ पुगेको छ । कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटे पनि अन्य सबै समूह सकारात्मक रहे ।
आज मुक्तिनाथ एग्रो, ट्रेड टावर, सान्भी इनर्जी र नेडेप लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । यता, समता घरेलु लघुवित्तको शेयर सबैभन्दा धेरै ८.६० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भयो भने, शेयर संख्याका आधारमा प्रभु बैंकको १८ लाख ५८ हजार २ सय २३ कित्ता शेयर किनबेच भएको छ ।