काठमाडौँ, ५ साउनः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक सोमबार २१ दशमलव ७६ अङ्कले बढेर २,८९२.७२ बिन्दुमा पुगेको छ । यो वृद्धि ०.७५ प्रतिशतको हो ।
आज ३११ वटा कम्पनीका ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर १ लाख ३८ हजार ८२८ पटक कारोबार हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सवै उपसमूहको सूचक सकारात्मक रहँदा विकास बैंक समूह सबैभन्दा बढी १.४२ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, लघुवित्त १.९३ प्रतिशत, निर्जीवन बीमा १.२७ प्रतिशत, र अन्य समूह १.८४ प्रतिशतले बढेका छन् । बैंकिङ समूह ०.४८, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.४३ प्रतिशतले बढेका छन् ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो । यस कम्पनीको ७५ करोड ६६ लाख ४६ हजार रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको हो । यस्तै, कारोबार संख्याका हिसाबले लक्ष्मी भ्यालु फन्ड–२ सबैभन्दा अघि रह्यो, जसका १७ लाख ४६ हजार ७११ कित्ता शेयर किनबेच भएका छन् ।