आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

आज देशभर साधारणतया बदली, तर मनसुनी वायुको प्रभाव कमजोर


  • 811
    SHARES
  • https://indrenipost.com/posts/9614
    साउन ९, २०८२ शुक्रबार
    आज देशभर साधारणतया बदली, तर मनसुनी वायुको प्रभाव कमजोर

    काठमाडौँ, ९ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले वर्षा गतिविधि पनि सामान्य देखिएको हो ।
    महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ ।
    आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ ।
    त्यस्तै, कोशी प्रदेशको तराई भू–भाग तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना समेत महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ । मौसमको यथास्थितिलाई ध्यानमा राख्दै महाशाखाले सतर्कता अपनाउन नागरिकलाई सुझाव दिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij