सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
अन्तर्राष्ट्रिय
मंगलबार, मंसिर ५ २०८०

मध्य गाजाको अल-बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । सो आक्रमणमा दर्जनौं घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । इजरायली तोपखानाले हजारौं विस्थापित मानिसहरू बस्ने विद्यालयमा आक्रमण गरेर

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । युरोकप–२०२४ मा कुल २० देश छनोट भएका छन् ।  युरोपका २४ देशले भाग लिने युरोकपमा छनोट खेलबाट अब एक देश छनोट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् ।  अब समूह ‘डी’बाट समूह चरणका अन्तिम खेल आज राति सकिएपछि आयोजकसहित युरोकपका २१

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ ।    ‘हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ,’ एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । कोलम्बियाली पप स्टार शकिरा समस्यामा परेकी छिन् । शकिरालाई कर छलीको मुद्दामा सोमबार बार्सिलोना अदालतमा हाजिर हुन बोलाइएको छ ।  मियामीमा बस्ने ४६ वर्षीय कोलम्बियाली स्टारले दोषी पाइएमा आठ वर्षसम्म जेल र २४ मिलियन युरो जरिवाना भोग्नु पर्ने द गार्डियनले समाचारमा लेखेको छ । वास्तवमा सन्

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौती गर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । प्रतिवद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ । दुबईमा महत्वपूर्ण कोप–२८ जलवायु वार्ताको

सोमबार, मंसिर ४ २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार प्यालेस्टाइन(इजरायल बीचको बिग्रदो अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरूले त्यहाँको अवस्था थप बिग्रनबाट जोगिनका लागि विशेष गरी थप गम्भीर मानवीय संकट बढ्न नदिन सचेत हुन आग्रह गरेका छन् । दुई राष्ट्र प्रमुखहरूले टेलिफोन कुराकानीमा प्यालेस्टाइन(इजरायली

सोमबार, मंसिर ४ २०८०

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।  ‘गाजाको स्थितिलाई चाँडै शान्त पार्न र मध्यपूर्वमा चाँडोभन्दा चाँडो शान्ति पुनःस्थापना गर्न मिलेर काम गरौँ,’ बेइजिङमा प्यालेस्टिनी प्राधिकरण,

सोमबार, कात्तिक २७ २०८०

पूर्वी–भूमध्य सागरमा अमेरिकी सेनाको सैन्य विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नियमित अभ्यासमा रहेको सैन्य दुर्घटनामा चालक दलका सबै ५ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ । उडानमै इन्धन भर्ने क्रममा लडाकु जहाज दुर्घटनामा परेको हो । सेनाले दुर्घटनास्थलको विस्तृत विवरण सार्वजनिक नगरेको

आइतबार, कात्तिक २६ २०८०

भियतनाममा लागूपदार्थ तस्करी अभियोगमा १८ जनालाई मृत्युदण्डको सजाय मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ ।    साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ । सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र

आइतबार, कात्तिक २६ २०८०

  सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले जनाएको छ ।    सुडानको डार्फर क्षेत्रमा बढ्दो हिंसाले दुई दशकअघि गरिएको अत्याचार दोहोरिनसक्ने आशङ्का गरिएको राष्ट्रसङ्घको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख

आइतबार, कात्तिक २६ २०८०

गत वर्ष रुसी आक्रमणपछि तेतियाना कोचेभाले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा आफ्नो घर छोडेर गाजा नजिकैको इजराइली तटीय सहर अश्कलोनमा शरण लिएकी थिइन् ।    उनका पतिले विगतमा इजराइलमा काम गरेका थिए । आफ्ना तीन छोराछोरीलाई रुसी आक्रमणबाट टाढा राख्नका लागि अश्कलोन लैजाँदा शान्तिसँग बाँच्न सकिने ग्यारेन्टी हुन्छ

आइतबार, कात्तिक २६ २०८०

अरब देश र मुस्लिम नेताहरूको शिखर सम्मेलन आयोजना गर्न साउदी राजकुमारको असाधारण कूटनीतिकको प्रशंसा गरेका छन् ।  यतिसम्मकी उनको प्रयासले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई पहिलो पटक तेहरानबाट बाहिर ल्याउन उनी सफल भएको मिडिया रिपोर्टले जनाएको छ ।  भेला भएका ५७ नेताहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई युद्धविराम लागू

शनिबार, कात्तिक २५ २०८०

इथियोपियामा चरम प्राकृतिक तथा  मानव निर्मित विपद्को निरन्तर सामना गर्नुपरेको कारण करिब ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले शुक्रबार जनाएको छ  ।  इथियोपियाको आफ्नो पछिल्लो मानवीय अवस्था प्रतिवेदनमा एजेन्सीले पूर्वी अफ्रिकी देशका विभिन्न भागमा जारी द्वन्द्वले बालबालिकाको शिक्षामा पहुँचमा नकारात्मक असर

शनिबार, कात्तिक २५ २०८०

मध्य किभमा दुई वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको कीएभस्थित एएफपीका रिपोर्टरले शनिबार बिहान बताएका छन्े । ‘राजधानीको बायाँ किनारामा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । प्रारम्भिक जानकारीअनुसार हवाई प्रतिरक्षाले ब्यालेस्टिक हतियारविरुद्ध काम गरेको छ,’ कीएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा लेखेका छन् ।  अहिलेसम्म कुनै पनि व्यक्ति घाइते

शनिबार, कात्तिक २५ २०८०

इजरायल र हमासले हाल बन्धक मुक्त गर्ने दुई थरी प्रस्तावमा छलफल गरिरहेका द न्युयोर्क टाइम्सले जनाएको छ । उनीहरूबीच थोरै सङ्ख्यामा मानिसहरूलाई रिहा गर्ने र अर्कोमा गाजामा रहेका १०० वा सोभन्दा बढी नागरिकहरूको रिहाईको लागि छलफल भइरहेको छ ।  इजरायली अधिकारीहरूका अनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह (हमास)

शुक्रबार, कात्तिक २४ २०८०

चालु आर्थिक वर्ष २०२३–२४ (जुलाई २०२३ देखि जुन २०२४) को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ ।    बङ्गलादेश बैंक (बिबी) को तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बङ्गलादेशको आयात भुक्तानी २३

शुक्रबार, कात्तिक २४ २०८०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गरेको क्रेमलिनले शुक्रबार बताएको छ ।  एक महिनाभन्दा कम समयमा रोस्तोभ–अन–डनको यो उनको दोस्रो भ्रमण हो ।  बिहीबार कजाकिस्तानको आफ्नो औपचारिक भ्रमण पूरा गरेपछि पुटिनले रोस्तोभ–अन–डनमा रहेको रुसी सशस्त्र बलको मुख्यालयको भ्रमण गरेको

शुक्रबार, कात्तिक २४ २०८०

एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि करिब पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी एउटा स्पष्ट तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ ।    युद्ध सुरु भएको पहिलो महिनामा पश्चिम किनार र गाजामा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा चार प्रतिशतले कमी आएको राष्ट्रसङ्घले जनाएको छ । युद्धपछि सिरिया,

बिहीबार , कात्तिक २३ २०८०

आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले बिहीबार युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गरेका छन् ।  अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका

बुधबार, कात्तिक २२ २०८०

इस्लामिक स्टेट (आइएस) समूहको आक्रमणमा सिरियाली मरुभूमिमा सरकार समर्थक कम्तीमा ३० सैनिकको मृत्यु भएको एक युद्ध पर्यवेक्षकले बुधबार बताएका छन् । उक्त आक्रमण यो वर्षको सबैभन्दा घातक आक्रमणमध्येको एक भएको बताइएको छ ।    “सिरियाली मरुभूमिमा बुधबार बिहान सैन्य चौकीहरूमा इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा चार सैनिक

बुधबार, कात्तिक २२ २०८०

इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।    युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे छ दशमलव

बुधबार, कात्तिक २२ २०८०

इजराइलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टिकुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो ।  नयाँ सहरलाई ‘हानुन’ (दयालु) भनिने छ र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुनेछ । उक्त सहरमा करिब पाँच

बुधबार, कात्तिक २२ २०८०

बुधबार जी–७ का विदेशमन्त्रीहरूले इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गरेका छन् ।  उनीहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गरेका छन् ।  मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर गाजामा ‘मानवीय विराम’ को आह्वान गर्ने तर युद्धविरामको आग्रह नगर्ने अपेक्षा गरिएको थियो ।

सोमबार, कात्तिक २० २०८०

विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् ।  तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ ।  छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो

सोमबार, कात्तिक २० २०८०

रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ ।  सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३ डिसेम्बरसम्म जारी राखिने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले आइतबार बताए ।  ‘रुसले सेप्टेम्बर

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij