सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
अन्तर्राष्ट्रिय
शुक्रबार, कात्तिक १० २०८०

चीनका विदेशमन्त्री वाङ यीले बिहीबार महिनौँको अशान्तिपछि अमेरिकासँग अधिक स्थिर सम्बन्धको अपेक्षा गरेको बताएका छन् ।  चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्भावित अमेरिका भ्रमणको तयारीका लागि वासिङ्टनको दुर्लभ भ्रमणका क्रममा विदेशमन्त्री वाङले सो कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा भाग

शुक्रबार, कात्तिक १० २०८०

अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध समूहले प्रयोग गर्ने दुई वटा साइटमा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बताएका छन् । “अक्टोबर १७ देखि शुरू भएको इरानी समर्थित मिलिसिया समूहद्वारा इराक र सिरियामा अमेरिकी कर्मचारीहरूविरुद्ध जारी तर करिब असफल आक्रमण

शुक्रबार, कात्तिक १० २०८०

स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा लक्षित आक्रमण गरेको इजराइली सेनाले शुक्रबार बताएको छ । पछिल्लो दिनमा आईडीएफ लडाकू विमान र यूएभीको साथमा स्थल सेनाले मध्य गाजापट्टीमा थप लक्षित आक्रमण गरेको छ, सेनाले एक विज्ञप्तिमा भनेको छ,

शुक्रबार, कात्तिक १० २०८०

कतारको अदालतले ८ जना भारतीय नागरिकलाई मृत्यु दण्ड हुने फेसला सुनाएको छ ।  कतारको दोहामा पक्राउ परेका आठ जना पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्यु दण्डको फैसला सुनाएको हो ।  भारतको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ । भारतीय विदेश मन्त्रालयले कतारी अदालतको फैसलाबाट स्तब्ध भएको जनाएको छ

शुक्रबार, कात्तिक १० २०८०

हमासले इजरायली आक्रमणमा परी ५० जना बन्धकको मृत्यु भएको दावी गरेको छ । हमासको मिलिट्री विङ्गका प्रवक्ता अबू ओबेदाले इजरायली आक्रमणमा ५० जना बन्धक मारिएको बताएका छन् ।   हमासले गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण गर्दै २ सयभन्दा बढी मानिसलाई बन्धक बनाएको थियो भने सैयौं मानिसको हत्या

शुक्रबार, कात्तिक १० २०८०

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन भएको छ ।  आज (शुक्रबार) बिहान सांघाईमा हृदयाघातको कारण उनको निधन भएको चिनियाँ सञ्चार माध्यमले नजाएका छन् ।  ६८ वर्षीय ली चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समिति सदस्यसमेत थिए । लीलाई बिहीबार अचानक हृदयाघात भएपछि

बिहीबार , कात्तिक ९ २०८०

अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका

बिहीबार , कात्तिक ९ २०८०

साङ्घाई सहयोग सङ्गठनका देशहरूले यस क्षेत्रमा देखिएका समस्याहरूलाई बाह्य देशको हस्तक्षेप विना आफ्नै ढङ्गले गर्नुपर्ने चिनियाँ प्रधानमन्त्रीले बताएका छन् । सङ्गठनको उद्देश्य यसका सदस्यहरू देशहरूले क्षेत्रीय मामिलाहरू क्षेत्र बाहिरको हस्तक्षेप बिना क्षेत्रीय देशहरूको आपसी परामर्श मार्फत निर्णय गर्ने सुनिश्चित गर्न ल्याइएको पनि प्रधानमन्त्री ली छ्याङले

बिहीबार , कात्तिक ९ २०८०

‘इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै शुरू हुने बताएको टाइम्स अफ इजराइलले बताएको छ ।  उनका अनुसार इजराइल स्थल कारवाहीका लागि तयार भइरहेको

बिहीबार , कात्तिक ९ २०८०

चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।    उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत

बिहीबार , कात्तिक ९ २०८०

रोमानियामा नेपाली कामदारलाई कठिन श्रममा लगाउने, आरामको लागि समय नदिने र उल्टै यातना दिएर कामबाट निकाल्ने प्रवृत्ति बढ्दै गएको छ । हालै मात्र रोमानियाको तोब्रा भन्ने स्थानमा एक चिनियाँद्वारा सञ्चालित कम्पनीले नेपाली श्रमिकलाई निर्मम यातना दिएर कामबाट निकालिदिएको छ । ताप्लेजुङ घर भएका ती श्रमिकले आफूलाई साहुले

बिहीबार , कात्तिक ९ २०८०

अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । सो घटनामा परी अन्य ५० जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।  बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहेको छ । यद्यपि अहिलेसम्म प्रहरीले फेला पार्न भने

बिहीबार , कात्तिक ९ २०८०

गाजा । गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यसैबीच, तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ । अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र सहरहरूमा हमासले ठूलो मात्रामा

बुधबार, कात्तिक ८ २०८०

सशस्त्र डाकुहरूले क्यामरुनको उत्तरी क्षेत्रमा गत तीन दिनको अवधिमा करिब ५० जनालाई अपहरण गरेको छ ।  स्थानीय सुरक्षा स्रोतले बुधबार जनाए अनुसार लुटेराहरूले मङ्गलबार यस क्षेत्रको टुबोरो इलाकामा करिब २० व्यक्तिलाई आक्रमण गरी अपहरण गरेको जनाकारीमा आएको छ ।  त्यसको ४८ घण्टापछि सोही इलाकाबाट ३० जनालाई अपहरण

बुधबार, कात्तिक ८ २०८०

अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उनको राजीनामा माग गरेको छ ।  राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरेका छन् ।  “बालबालिका, महिला र

बुधबार, कात्तिक ८ २०८०

काठमाडौं । सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा गरेको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई गत जुलाईमा बर्खास्त गरिएको थियो ।

बुधबार, कात्तिक ८ २०८०

आइसल्याण्डकी प्रधानमन्त्री क्याट्रिन याकब्सडोटियरसमेत लाखौं महिलाले मंगलबार काम गरेनन् । लैंगिक आधारमा पारिश्रमिकमा विभेद र लैंगिक हिंसाको विरोधमा प्रधानमन्त्रीसहित महिलाहरुले काम गर्न अस्वीकार गरेका हुन् । आइसल्याण्डमा अधिकांश महिलाहरु शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्छन् । ‘म मंगलबार काम गर्दिन र मलाई आशा छ सबै महिला

सोमबार, कात्तिक ६ २०८०

काठमाडौं । इजरायलले हमास समूहको नियन्त्रण रहेको गाजापट्टीसँगै प्यालेस्टाइन लिब्रेसन अर्गनाइजेसन (पीएलओ) को नियन्त्रण रहेको वेस्ट बैंकमा समेत आक्रमणलाई तीव्र बनाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सुरक्षा संयन्त्र आईडीएफले गत ७ अक्टोबरको आक्रमणमा हमासले बन्धक र बेपत्ता बनाएका आफ्ना र विदेशी नागरिकको खोजी गर्ने

सोमबार, कात्तिक ६ २०८०

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देीखका हिंसामा उनीहरू मारिएको बताइएको छ । हामी स्तब्ध छौं, शोकमा छौां । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ, राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले

सोमबार, कात्तिक ६ २०८०

इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइँ र ढिलाइँ उत्पन्न भएको छ । उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । यहाँको सुरक्षा निकायलाई आतङ्ककारीहरूले अक्टोबर ७ को नरसंहारका

सोमबार, कात्तिक ६ २०८०

चिनियाँ प्रधानमन्त्री ली छ्याङ र जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार चीन र जापानबीच शान्ति तथा मित्रता सन्धिमा हस्ताक्षर भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् । आफ्नो सन्देशमा लीले सन्धिको भावनालाई पुनरुत्थान गर्न, द्विपक्षीय सम्बन्धलाई थप अघि बढाउन र नयाँ युगको आवश्यकता अनुरूप चीनजापान

सोमबार, कात्तिक ६ २०८०

प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्ध आज (अक्टोबर २३) सत्रौँ दिनमा प्रवेश गरेको छ ।  यही अक्टोरबर ७ का दिन हमासले अचानक आक्रमण गरेपछि जवाफमा इजरायलले गाजा (जहाँ हमासको सत्ता छ) मा निरन्तर बमबारी गरिरहेको छ ।  दुई साताभन्दा बढी समयदेखि जारी यो द्वन्द्वमा हालसम्म

आइतबार, कात्तिक ५ २०८०

मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  छ । स्थानीय समय अनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ । दुई घण्टापछि दमकलको

आइतबार, कात्तिक ५ २०८०

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राख्नुभएको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा

आइतबार, कात्तिक ५ २०८०

पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन्। महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको निजी उड्डयन एकेडेमीको प्रशिक्षण विमान दुर्घटना भएको हो । रेडबर्ड फ्लाइट ट्रेनिङ एकेडेमीसँग सम्बन्धित प्रशिक्षण

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij