मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
अन्तर्राष्ट्रिय
मंगलबार, असोज २६ २०७८

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकाको शत्रुतापूर्ण नीतिहरूको सामना गर्न ‘अजेय सेना’ निर्माण गर्ने वाचा गरेका छन् । कोरियाली प्रायद्वीपलाई अस्थिर बनाउने अमेरिकाको शत्रुतापूर्ण नीतिहरू र दक्षिण कोरियाको सैनिक विकासको सामना गर्न आफ्नो देशको हतियार विकास आवश्यक रहेको नेता किमले बताएको त्यहाँको

मंगलबार, असोज २६ २०७८

काठमाडौं । प्राकृतिक प्रयोग वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । अमेरिकामा रहेर अर्थशास्त्रसम्बन्धी अनुसन्धान गर्ने शोधकर्ताले नोबेल पुरस्कार पाएका हुन् । क्यानेडियनअमेरिकी डेभिड कार्ड, इजरायलीअमेरिकी जोशुआ एङ्ग्रिस्ट र डचअमेरिकन गाइडो इम्बेन्सले यस्तो

सोमबार, असोज २५ २०७८

भारत र चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवादबारे आइतबार वरिष्ठ सैन्य कमान्डरस्तरीय १३औं वार्ता बिनानिष्कर्ष टुंगिएको छ । भारतले चीन एलएससी (वास्तविक नियन्त्रण रेखा) यथास्थिति कायम गर्न सहमत नभएको आरोप लगाएको छ । अहिले पूर्वी लद्दाखस्थ्ति एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ बल्ज र चार्डिङ नुल्लाह

शनिबार, असोज २३ २०७८

सन् २०२१ को नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेसा र दिमित्री मुराटोभले पाउने भएका छन् । नर्वेस्थित नोबेल पुरस्कार कमिटीले शुक्रबार फिलिपिन्सकी पत्रकार रेसा र रुसी पत्रकार मुराटोभलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।  वाक स्वतन्त्रताका लागि पत्रकारिताका माध्यमबाट उनीहरूले गरेको लडाइँको सम्मान गर्दै उक्त

बुधबार, असोज २० २०७८

सीएनएन । विगत दुई दशकदेखि कसमोसबारे अध्ययन गरिरहेका खोजकर्ताहरुले पृथ्वीबारे नयाँ तथ्य पत्ता लगाएका छन् ।यसमा पृथ्वी पहिले जति उज्यालो नभएको र यसको चमक पछिल्ला केही वर्ष उल्लेखनीय रुपमा घट्दै गइरहेको देखिएको छ ।‘बिग बियर सोलार अब्जरभेटरी’ का खोजकर्ताहरुले विगत २० वर्षदेखि हरेक रात पृथ्वीको

मंगलबार, असोज १९ २०७८

शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई अमेरिकी वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार प्रदान गरिने भएको छ । वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । उनीहरुले हाम्रो शरीरले

सोमबार, असोज १८ २०७८

काठमाडौं । फुमियो किसिदा जापानको प्रधानमन्त्री बनेका छन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेता बनेपछि ६४ वर्षीय किसिदा जापानको प्रधानमन्त्री बनेका हुन् ।  जापानसंसदका दुवै सदनले उनलाई प्रधानमन्त्री पदमा चयन गरेको हो ।  उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेको बीबीसीले जनाएको

शनिबार, असोज १६ २०७८

चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ । चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेर सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना रहेको ताइवानको भनाइ छ । दुई चरणमा परमाणु क्षमतायुक्त बमर जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्र (एअर डिफेन्स आइडेन्टिफिकेशन

बिहीबार , असोज १४ २०७८

भिटामिन ए युक्त नाकमा हाल्ने ड्रप्सले कोभिडका कारण गन्ध हराउने समस्या समाधान गर्न सक्ने अध्ययनमा देखिएको छ । यस सम्बन्धी युनिभर्सिटी अफ इस्ट एन्जिलाले १२ हप्ताको ट्रायल सञ्चालन गरिरहेको छ ।  यसमा सहभागी कोभिडका बिरामीहरुले यो उपचार पाउनेछन् । त्यसपछि उनीहरुलाई कुहिएको अण्डा र गुलाबको फुल

बुधबार, असोज १३ २०७८

उत्तर कोरियाले मंगलबार हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । यस मिसाइलको नाम हङसङ–८ भनिएको छ ।   उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार यो मिसाइल पञ्चवर्षीय सैन्य योजनाको हतियार प्रणालीअन्तर्गत ‘सबैभन्दा महत्त्वपूर्ण हतियारमध्ये एक’ हो । नयाँ मिसाइललाई उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ‘रणनीतिक हतियार’

बुधबार, असोज १३ २०७८

सिन्ह्वा । चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने रणनीतिलाई कार्यान्वयन गर्ने प्रयासमा जोड दिनुभएको छ । दुई दिन लामो केन्द्रीय दक्षता कार्य सम्मेलनको समापन गर्न बेइजिङमा आयोजित कार्यक्रममा

बुधबार, असोज १३ २०७८

एजेन्सी । अल्जेरियाका दुईजना पूर्वप्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले जेल सजायको फैसला सुनाएको हो ।पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई त्यहाँको अदालतले पाँच वर्ष जेल सजायको

मंगलबार, असोज १२ २०७८

उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रहार गरेको दाबी दक्षिण कोरियालले गरेको छ। आफ्नो पूर्वी तटीय क्षेत्रमा मिसाइल प्रहार भएको दक्षिण कोरियालले जनाएको हो। संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाली दूतले प्योङयाङलाई आफ्नो सुरक्षा गर्ने र हतियार परीक्षणको अधिकार भएको बताएपछि यो मिसाइल परीक्षण भएको बीबीसीले उल्लेख गरेको छ। यही

सोमबार, असोज ११ २०७८

एजेन्सी । आइसल्यान्डको आम निर्वाचनमा बहुमत महिला सांसदमा चुनिएका छन् । संसदमा महिलाको बहुमत हुने आइसल्यान्ड अब पहिलो युरोपेली देश बनेको छ ।  आइसल्यान्डमा भएको निर्वाचनको अन्तिम परिणामअनुसार संसद्का ६३ सिटमध्ये ३३ जना अर्थात् ५२ प्रतिशत महिला निर्वाचित भएका हुन् । यो सन् २०१७ को भन्दा

आइतबार, असोज १० २०७८

दक्षिण कोरियासँग विशेष वार्ता (इन्टर कोरियन समिट) गर्न उत्तर कोरिया इच्छुक देखिएको छ । कोरियाली मुलुकमा शान्ति स्थापनाका लागि उत्तर कोरिया दक्षिण कोरियासँग अर्को विशेष वार्ता गर्न इच्छुक देखिएको हो । उत्तर कोरियाली नेता किम जङ उनकी बहिनी किम यो जङले शनिबार यदि दक्षिण कोरियाले आपसी

आइतबार, असोज १० २०७८

नावालक सौतेनी बहिनीलाई बलात्कार गरेको अभियोगमा बझाङका एक युवकले भारतमा मृत्युदण्ड (फाँसी)को सजाय पाएका छन् । बझाङ घर भएका ३१ वर्षीय युवकलाई आफ्नी चार वर्षीया सौतेनी बहिनी बलात्कार गरेको आरोपमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।  नेपाली नागरिकलाई भारतमा फाँसीको सजाय सुनाइएको संभवतः यो पहिलो

आइतबार, असोज १० २०७८

विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्छन् । प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्छन् जसले विश्व राजनीतिक मञ्चमा तरङ्गसमेत पैदा गर्ने गर्छ ।  अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा कसले के

शनिबार, असोज ९ २०७८

काठमाडौं । चर्चित भारतीय अधिकारकर्मी तथा लेखक कमला भासिनको निधन भएको छ । क्यान्सर पीडित भासिनको शनिबार ७५ वर्षको उमेरमा निधन भएको हो । भासिनले निरन्तर महिला अधिकारका क्षेत्रमा क्रियाशील रहेर दक्षिण एसियामा नारीवादी आन्दोलनलाई उचाईंमा पुर्‍याउनमा योगदान दिएकी छन् । २४ अप्रिल १९४६ मा भारतको

शुक्रबार, असोज ८ २०७८

तालिबानका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा शरिया कानुनको कठोर प्रावधान लागु गरिने बताएका छन् । तालिबानको संस्थापकमध्येका एक मुल्लाह नुरुद्दिन तुराबीले एसोसियट प्रेस (एपी)सँगको कुराकानीको क्रममा अपराधीको हातखुट्टा काट्ने र सार्वजनिक स्थलमा मृत्युदण्ड दिने जस्ता कारबाहीलाई फेरि निरन्तरता दिने बताएका हुन् । तर, १९९० दशकको शासनजस्तो खुलेआम नभएर लुकीछिपी

मंगलबार, असोज ५ २०७८

भारतले अर्को महिना (अक्टोबर)देखि अरू देशलाई पनि कोरोनाभाइरसविरूद्धको खोप दिने भएको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले सोमबार अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन् । सेरम इन्स्टिच्युट अफ इन्डियाले अष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयल बनाएको कोरोनाविरूद्धको खोप भारतमै

सोमबार, असोज ४ २०७८

रूसमा भएको आमनिर्वाचनमा राष्ट्रपति भ्लादमिर पुटिन समर्थित दलले बहुमत ल्याउने निश्चित भएको छ । पुटिन समर्थित युनाइटेड रसिया पार्टीले रुसको तल्लो सदन स्टेट डुमामा पुनः बहुमत ल्याउने देखिएको हो । तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थित युनाइटेड रसिया पार्टीले ४५

शनिबार, असोज २ २०७८

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकसका कारण फ्रान्स रुष्ट बनेको छ । फ्रान्सले अमेरिका र अस्ट्रेलियाका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । विचार विमर्शका लागि राजदूतहरुलाई बोलाइएको जनाइएको छ । ‘असाधारण गम्भीरता’ लाई मध्यनजर गरी ‘असाधारण निर्णय’ गरिएको र यो उचित रहेको फ्रान्सका

शनिबार, असोज २ २०७८

मानवसहितको अन्तरिक्ष अभियान पूरा गरि चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्। यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरु ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए। टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन आफैंले बनाएको थियो । अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ

शुक्रबार, असोज १ २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ । आज (शुक्रबार) मोदीको ७१ औं जन्मदिन हो । बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।  उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा

बुधबार, भदौ ३० २०७८

उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका जोन्ट चिफ अफ स्टाफलाई उद्धृत गर्दै समाचार संस्था योनहापले जनाएको छ । जापानका नौसैनिकले पनि यसअघि समुद्रतर्फ केही वस्तु प्रहार गरिएको बताएका छन् । सो वस्तु

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij