काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
माओवादी केन्द्रले यसअघि पहिलो राष्ट्रिय सम्मेलन भन्दै आएको भए पनि शनिबार बेलुका बसेको स्थायी कमिटी बैठकले आठौँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
यसअघि राष्ट्रिय सम्मेलन भनेर सबै तयारी पूरा गरिए पनि अन्तिम समयमा महाधिवेशन भनिँदा तयारी नपुग्ने एक नेताले बताए । उनका अनुसार त्यसकारण उद्घाटन समारोह केही समय ढिला हुन सक्ने देखिएको छ ।
महाधिवेशनको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने माओवादी केन्द्रले जनाएको छ ।