काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी १५ सदस्यीय रहने प्रस्ताव गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको हो ।
जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो ।