सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादीको आठौँ महाधिवेशनबाट केन्द्रीय समितिमा सदस्य थप गर्ने


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/2606
    पुष ११, २०७८ आइतबार
    माओवादीको आठौँ महाधिवेशनबाट केन्द्रीय समितिमा सदस्य थप गर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् ।

    बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको छ, २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ ।’

    नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय कमिटी सदस्यको संख्या २९९ सदस्य रहने भनिएको छ । तर आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य केही बढाउने गरी आजको बैठकमा प्रस्ताव पेश भएको उनेका भनाइ छ ।

    यस्तै पदाधिकारी पनि १५ सदस्यीय रहने प्रस्ताव गरिएको छ । जसमा जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij