सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादीको आठौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पहिलो पटक चयन हुँदै


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2614
    पुष ११, २०७८ आइतबार
    माओवादीको आठौँ महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पहिलो पटक चयन हुँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अध्यक्षसहित १५ पदाधिकारीहरुको प्रस्ताव गरेको छ । प्रवक्ता कृष्णबहादुर महराले एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उप महासचिव र ३ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने गरी विधान परिमार्जनको प्रस्ताव महाधिवेशनमा जाने बताएका छन् ।

    एमालेसँग एकीकरण पूर्व माओवादीले बहुपदीय संगठनात्मक प्रणालीलाई अपनाउँदै आएको थियो । तर एमालेसँगको एकता भंग भएपछि भने माओवादीमा अध्यक्ष मात्रै सक्रिय रहेका थिए । वरिष्ठ उपाध्यक्ष र उप महासचिवको व्यवस्था भने माओवादीले पहिलो पटक गर्न लागेको हो ।

    आइतबारबाट सुरु हुने आठौं महाधिवेशनमा नीति पारित गर्ने र अध्यक्ष बाहेक अन्य पदाधिकारीको चयन नहुने यसअघि जनाइसकेको छ। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरुलाई केन्द्रीय कमिटीले चुन्ने व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij