काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा पाँच दलीय गठबन्धनका सदस्य चित्रबहादुर केसी नजाने भएका छन् ।
गठबन्धनका सदस्य एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष केसीले आफू नगएर प्रतिनिधिका रुपमा उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने भएका छन् ।
राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनबाट सबै दलका प्रमुख माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।