काठमाडौं । नेकपा माओवादीको अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आमन्त्रण गरिएको छ ।
त्यस्तै जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत पार्टीका नेतालाई अतिथिका रुपमा बोलाइएको प्रवक्ता महराले जानकारी दिए ।
यसअघि राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने निर्णय भएको थियो । तर शनिवार राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरिए पछि अतिथिहरु बोलाइएको हो ।