सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

माओवादी आठौं महाधिवेशन : आजदेखि बन्दसत्र


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/2633
    पुष १२, २०७८ सोमबार
    माओवादी आठौं महाधिवेशन : आजदेखि बन्दसत्र

    काठमाडौं । आइतबार सुरु नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत आज (सोमबार) बन्दसत्र सुरु हुँदै छ । बन्दसत्र उद्घाटनस्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा हुनेछ ।

    माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका  अनुसार बन्दसत्र आज बिहान ११ बजे सुरु हुनेछ । 

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या १७ सय पुगेको पनि उनले जानकारी दिए । 

    सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताइएको थियो । पछि प्रतिनिधिको संख्या १६ सय ३८ बनाइएको थियो । अहिले फेरि १७ सय गराइएको हो ।

    ढकालले नेपालखबरसँग भने, ‘१७ सय प्रतिनिधि पुगेका छन् । सबै क्लस्टरबाट मिलाउदा संख्या केही बढेको हो ।’

    राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेसँगै प्रतिनिधिको संख्या पनि बढेको हो । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij