मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

जबर्जस्ती करणी आरोपित अभिनेता पल फरार, अन्तिम ‘लोकेसन’ बालकुमारी, उनको खोजीमा सीआईबी र अपराध महाशाखा


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/3916
    फागुन १३, २०७८ शुक्रबार
    जबर्जस्ती करणी आरोपित अभिनेता पल फरार, अन्तिम ‘लोकेसन’ बालकुमारी, उनको खोजीमा सीआईबी र अपराध महाशाखा

    जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ ।

    उनविरुद्ध बुधबार एक १७ वर्षीया गायिकाले तनहुँ प्रहरीमा जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएकी थिइन् ।

    सोही दिन पलविरुद्ध जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

    पलविरुद्ध उजुरी दर्ता भएको समाचारसँगै उनी फरार भएका थिए ।

    प्रहरीका अनुसार समाचार आइसकेपछि पलले आफू बस्दै आएको शान्तिनगर क्षेत्र छाडेका थिए ।

    उनले मोबाइलसमेत स्वीच अफ गरेका थिए ।

    उनको खोजीमा प्रहरीका दुई महत्त्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ ।

    उनको खोजीका लागि देशभर सर्कुलरसमेत जारी भइसकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij