मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रधानमन्त्री भन्छन्—  मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका पहल गर्छु


  • 451
    SHARES
  • https://indrenipost.com/posts/4531
    भदौ २०, २०८० बुधबार
    प्रधानमन्त्री भन्छन्—  मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका पहल गर्छु

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्रीसँग आयोगका अध्यक्ष तथा पदाधिकारीले गरेको भेटवार्तामा उनले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    प्रधानमन्त्री दाहालले आयोगको वर्तमान अवस्थाबारे जानकारी लिँदै पेरिस सिद्धान्तबमोजिम हुने गरी आयोगको नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    भेटमा नेपालको मानव अधिकारको अवस्था, मानव अधिकार आयोगको नयाँ ऐन निर्माण र मानव अधिकार आयोगको स्तर निर्धारणको बारेमा विषयमा छलफल भएको थियो ।

    आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले हालसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्नका लागि आयोगको ऐनमा पेरिस सिद्धान्तबमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीको नियुक्ति, कर्मचारीको वृत्ति विकासको सुनिश्चिततालगायत विषयलाई समेट्नुपर्ने र यसका लागि सरकारबाट आवश्यक पहल गर्नुपर्नेमा माग गरेका थिए ।

    छलफलमा आयोगका सदस्य डा.सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, आयोगका कामु सचिव मुरारीप्रसाद खरेल, सहसचिव डा.टीकाराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij