मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

रंगमञ्च

दशैंमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/4839
    कात्तिक ८, २०८० बुधबार
    दशैंमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

    काठमाडौं । नेपाली चलचित्रको लागि दशैं राम्रो समय मानिन्छ । दशैं लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । 

    त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दशैं विशेष हुने बताए । 

    “अन्य चाडपर्वको तुलनामा दशैंमा काठमाडौं र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ । यस्तो समयमा विशेषतः पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्,” वितरक श्रेष्ठले भने । 

    उनले वितरण गरिरहेका भएको ‘पशुपति प्रसाद २ ः भष्मे डन’ ले पहिलो दिन दुई करोडको हाराहारीमा व्यापार गरेको जानकारी दिए । 

    “नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ । 
    त्यसैले त्यस्ता चलचित्र दशैंको समयमा प्रदर्शन गर्नु उपयुक्त हुन्छ,” उनले भने । 

    ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको सङ्ख्या घट्ने अनुमान गरिएको थियो । 

    तर, अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए ।

    “नेपालको मौलिक विषयमा चलचित्र निर्माण गर्नसके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ । किनकि व्यापारमा रेकर्ड बनाउन सफल चलचित्रमा मौलिकता पाइन्छ,” कार्यकारी निर्माता बानियाँले भने । उनले नेपाली चलचित्रहरू विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij