बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

टी-२० विश्वकप छनोट : जिम्वावेमाथि नामिवियाको जित


  • 361
    SHARES
  • https://indrenipost.com/posts/5233
    मंसिर ७, २०८० बिहीबार
    टी-२० विश्वकप छनोट : जिम्वावेमाथि नामिवियाको जित

    काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्वावे नामिवियासँग हार बेहोरेको छ ।  

    अफ्रिका छनोटको पहिलो खेलमा नामिवियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो ।

    जिम्वावेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिवियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।  

    यसअघि जिम्वावेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो ।  

    अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनोट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् ।

    अफ्रिका छनोटमा नामिबिया र जिम्वावेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन् ।  

    अब जिम्वावेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ भने नामिवियाले शुक्रबार युगाण्डासँग खेल्दै छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij