शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
images

पुरस्कार राशीको घोषणा नै नगरी नेपाल सुपर लिग आजबाट सुरु हुँदै


  • 442
    SHARES
  • https://indrenipost.com/posts/5253
    मंसिर ८, २०८० शुक्रबार
    पुरस्कार राशीको घोषणा नै नगरी नेपाल सुपर लिग आजबाट सुरु हुँदै

    काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण आज (शुक्रबार)बाट सुरु हुँदै छ ।

    प्रतियोगितामा काठमाडौं र इलामका साथै बुटवल लुम्बिनी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, एफसी चितवन, वीरगन्ज युनाइटेड र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

    अघिल्लो पटक खेलेको विराटनगर एफसी यस पटक सहभागी छैन ।

    लिग चरणमा हरेक टिमले हरेक टिमसँग खेल्नेछन् । प्रतियोगितामा जम्मा ४० खेल हुनेछन् ।

    उद्घाटन खेलमा शुक्रबार साबिक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम खेल्दैछन् ।

    खेल दशरथ रङ्गशालामा साँझ छ बजेपछि सुरू हुनेछ । तालिकाको शीर्षस्थानमा रहनेले दोस्रो हुनेसँग पहिलो क्वालिफायर खेल्नेछ ।

    त्यसपछि तेस्रो र चौथो स्थानमा रहनेबिच इलिमिनेटर हुनेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीसँग पहिलो क्वालिफायरमा पराजित हुने टोलीले खेल्नेछ ।

    यो खेल जित्ने र पहिलो क्वालिफायरको विजेताबिच फाइनल खेल हुनेछ ।

    अहिलेसम्म घोषणा नभए पनि पहिलो हुनेले कम्तीमा ७० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले प्रतिबद्धता जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij