बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

यू-१९ एसिया कप- पाकिस्तानविरुद्ध नेपालले टस हार्‍याे


  • 847
    SHARES
  • https://indrenipost.com/posts/5442
    मंसिर २२, २०८० शुक्रबार
    यू-१९ एसिया कप- पाकिस्तानविरुद्ध नेपालले टस हार्‍याे

    काठमाडौं । एसीसी यू-१९ एसिया कप आजदेखि युएईको दुबईमा सुरु हुँदैछ ।

    एसिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दैछ ।  

    यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

    यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ ।

    दुबईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)  देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ । खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्नेछ ।

    त्यस्तै नेपालले दोस्रो खेल मङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij