बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो


  • 811
    SHARES
  • https://indrenipost.com/posts/5650
    पुष ६, २०८० शुक्रबार
    प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो
    काठमाडौं । प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । 
     
    बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् ।
     
    कोशी प्रदेशकी अर्की खेलाडी अपसरी बेगमले पनि समान ४१ रन बनाइन् । उनले ५४ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन् । कप्तान रुविना क्षेत्रीले दुई रन बनाइन् । बलिङतर्फ बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक/एक विकेट लिए ।
     
    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । 
     
    बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् । त्यस्तै अस्मीना कमचार्यले २४ रन बनाइन् ।
    त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीन/तीन जोडे । 
     
    बलिङतर्फ कोशी प्रदेशकी अपसरी बेगम र सबनम राइले समान दुई/दुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् । यस जीतसँगै कोशी प्रदेशले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ ।
     
    हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij