बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

प्रधानमन्त्री कप महिला टी-२० : एपीएफ र सुदूरपश्चिम विजयी


  • 658
    SHARES
  • https://indrenipost.com/posts/5655
    पुष ६, २०८० शुक्रबार
    प्रधानमन्त्री कप महिला टी-२० : एपीएफ र सुदूरपश्चिम विजयी

    काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

    शुक्रबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।  

    मधेश प्रदेशले दिएको ४१ रनको लक्ष्य पछाएको एपीएफले ५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

    यसअघि मधेश प्रदेशले पहिला ब्याटिंग गर्दै १९.२ ओभरमा अल आउट हुदै ४० रन बनाएको थियो ।  

    त्यस्तै शुक्रबार नै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।  

    लुम्बिनी प्रदेशले दिएको ७२ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    यसअघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७१ रन बनाएको थियो ।  

    यो जितपछि एपीएफले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

    एपीएफको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

     त्यस्तै सुदूरपश्चिमको भने यो दोस्रो खेलमा पहिलो जित हो ।

    २ खेलमा २ अंक रहेको सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij