बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

को हुन् २०२३ मा सबैभन्दा धेरै गोल गर्ने खेलाडी ? (नामावलीसहित)


  • 388
    SHARES
  • https://indrenipost.com/posts/5751
    पुष ११, २०८० बुधबार
    को हुन् २०२३ मा सबैभन्दा धेरै गोल गर्ने खेलाडी ? (नामावलीसहित)

    काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरुका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ ।  

    ३८ बर्षिय रोनाल्डो २०२३ बर्ष सकिन लाग्दा बर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।  

    रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय टिम पोर्चुगलका लागि १० गोल सहित कुल ५३ गोलसहित २०२३ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् ।  

    रोनाल्डोले एक बर्षमा ५० भन्दा बढी गोल गरेको यो आठौँ पटक हो ।  

    यस सूचीमा दोस्रो स्थानमा इङल्याण्डका ह्यारी केन र फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । दुवैले ५२-५२ गोल गरेर यस सूचीमा दोस्रो स्थानमा रहेका छन् ।  

    हाल बायर्न म्युनिखमा शानदार फुटबल खेलिरहेका केनले यस बर्ष ५२ गोल गरेका छन् ।

    केनले २०२३ मा बायर्नका लागि २५ गोल गरेका छन् भने इङल्याण्डका लागि ९ गोल गरेका छन् ।

    त्यस्तै यस बर्ष उनले टोटनह्यामका लागि १८ गोल गरेका थिए ।  

    त्यस्तै एम्बाप्पेले फ्रान्सका लागि यस बर्ष १० गोल गरेका छन् भने पिएसजीका लागि ४२ गोल गरेका  छन् ।  

    त्यस्तै यस सूचीमा तेस्रो स्थानमा नर्वेका इर्लिंग हालाण्ड रहेका छन् । हालाण्डले यस बर्ष कुल ५० गोल गरेका  छन् ।

    उनले नर्वेका लागि ६ गोल गरेका छन् भने म्यानचेस्टर सिटीका लागि ४४ गोल गरेका छन् । यद्यपी हालाण्डले यस बर्ष अझै २ खेल खेल्न बाँकी रहेको छ ।  

    त्यसैगरी रोमाबाट खेल्ने बेल्जियमका रोमेलु लुकाकुले २०२३ मा ४० गोल गरेका छन् भने फेयनोर्डबाट खेल्ने मेक्सिकोका सान्टियगो गिमेनेजले ३९ र इन्टर मिलानबाट खेल्ने अर्जेन्टिनाका लाउतारो मार्टिनेजले यस बर्ष ३७ गोल गरेका छन् ।             

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij