बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

अभ्यास खेल

नामिबियाविरुद्ध नेपाली युवा टिम ६ रनले विजयी


  • 352
    SHARES
  • https://indrenipost.com/posts/5986
    पुष २७, २०८० शुक्रबार
    नामिबियाविरुद्ध नेपाली युवा टिम ६ रनले विजयी

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपका निम्ति दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले अभ्यास खेलमा नामिबियालाई ६ रनले पराजित गरेको छ ।

    वर्षा कारण ३० ओभरमा झारिएको खेलमा नेपालले १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नामिबियाले २९.५ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनायो ।

    नामिबियाका कप्तान बुसिङ वोल्स्चेंकले ५० रन जोडे । मोफितले १८ रनको योगदान गरे । नेपालका आकाश चन्द र गुलसन झाले तीन तथा दुर्गेश गुप्ताले दुई विकेट लिए ।

    त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा नौ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

    नेपालका दीपकप्रसाद डुम्रोले अविजित ३२ रन जोडे । आकाश त्रिपाठीले २१, विशालविक्रम केसीले १४ र दीपक बोहराले १५ रन बनाए ।

    नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान दुई विकेट लिए । यसअघि, नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको थियो ।

    विश्वकपअघिको यो औपचारिक अभ्यास खेल भने होइन । नेपालले औपचारिक अभ्यास खेल शनिबार स्कटल्यान्ड र मंगलबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij