बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा


  • 397
    SHARES
  • https://indrenipost.com/posts/6110
    माघ ९, २०८० मंगलबार
    आयोजक कतारसँगै पहिलो पटक सहभागी ताजकिस्तान दोस्रो चरणमा

    काठमाडौं । जारी एसियन कप अन्तर्गत समुह ए बाट कतार र ताजकिस्तान दोस्रो चरणमा प्रवेश गरेका छन् ।

    गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा आयोजक कतार र ताजकिस्तानले आ-आफ्नो खेल जितेपछि दोस्रो चरणमा पुगेका हुन् ।

    ताजकिस्तानले लेबनानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने कतारले चीनलाई १-० गोलले पराजित गएको थियो ।

    यो जितपछि कतार समुह ए मा ३ खेलमा ९ अंकसहित पहिलो हुदै राउण्ड १६ मा पुगेको छ भने ताजकिस्तान ३ खेलमा ४ अंकसहित दोस्रो हुदै राउण्ड १६ मा पुगेको छ ।

    पहिलो पटक एशियन कप खेलिरहेको ताजकिस्तान राउण्ड १६ मा पुगेको छ । समुह ए मा चीनको ३ खेलमा २ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

    चीन  तेस्रो स्थानमा रहेका देशहरुमा शिर्ष चारमा परेमा दोस्रो राउण्डमा छानिने छ । यसको टुंगो समुह चरणका सबै खेलपछि लाग्ने छ ।

    त्यस्तै ३ खेलमा एक अंक रहेको लेबनानको एशिया कपको यात्रा भने टुंगिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij