बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप : पुलिस क्लबको लगातार पाँचौं जित


  • 919
    SHARES
  • https://indrenipost.com/posts/6145
    माघ १०, २०८० बुधबार
    प्रधानमन्त्री कप : पुलिस क्लबको लगातार पाँचौं जित

    काठमाडौं । नेपाल पुलिस क्लबले जारी पीएम कपमा लगातार पाँचौं जित हासिल गरेको छ ।

    बुधबार मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लागतार पाँचौं जित हासिल गरेको हो ।   

    यस खेलमा मधेश प्रदेशले दिएको ९७ रनको लक्ष्य पछाएको पुलिस क्लबले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।  

    यसअघि मधेश प्रदेशले टस हारेर पहिला ब्याटिंग गर्दै २४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाएको थियो ।  

    मधेश प्रदेशका लागि कप्तान हरिशंकर शाहले २२, अरनिको यादवले २३ तथा अभिशेख तिवारीले ११ रन बनाए । यी बाहेक मधेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  

    त्यस्तै नेपाल पुलिसका बलर सागर ढकालले सर्बाधिक ५ विकेट लिए भने ललित राजबंशीले ४ विकेट लिएका थिए ।   

    यो जितपछि पुलिस क्लबको ५ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा रहेको छ ।  

    त्यस्तै मधेश प्रदेशले भने तेस्रो हार बेहोरेको छ । मधेश प्रदेशको ७ खेलमा ८ अंक रहेको छ र

    अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । अब पुलिस क्लबले शुक्रबार कर्णाली प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने मधेश प्रदेशले विहिबार टियु मैदानमा गण्डकी प्रदेशसँग खेल्ने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij