बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कप : कर्णालीसँग हार व्यहोरेसँगै एपीएफको फाइनल सम्भावना टुंगियो


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/6262
    माघ १७, २०८० बुधबार
    प्रधानमन्त्री कप : कर्णालीसँग हार व्यहोरेसँगै एपीएफको फाइनल सम्भावना टुंगियो

    काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटका कर्णालीले अप्रत्याशित नजिता निकाल्ने क्रममा आज विभागीय टिम एपीएफमाथि २१ रनको जित हात पारेको छ ।

    कर्णालीले राष्ट्रिय प्रतियोगितामा पहिलोपटक कुनै विभागीय टिमलाई हराएको हो । कर्णालीसँग पराजित भएसँगै एपीएफको फाइनल सम्भावना टुंगिएको छ ।

    आज जित हात पारेको भए ऊ शीर्ष दुईमा रहँदै फाइनलमा पुग्ने थियो । एपीएफका लागि आसिफ शेखले १०८ रन बनाए पनि २०७ रनको लक्ष्य पूरा भएन । एपीएफले ४४ ओभरमा अलआउट हुँदै १८५ रन मात्र बनायो । आसिफले एक इन्डबाट पारी सम्हाले पनि उनलाई कसैले साथ दिन सकेनन् ।

    एपीएफका लागि आसिफले १०८, अमर रौतेलाले नटआउट २८ र कप्तान रोहित पौडेलले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    कर्णालीका लागि प्रकाश जैसीले ४ विकेट लिए भने युनिस सिंह र दिपेन्द्र रावतले दुई/दुई विकेट लिए । यसअघि कर्णालीका हिमांशु शाहीले ६२ र अर्जुन घर्तीले ३३ रन बनाएका थिए ।

    नेपाल पुलिस क्लब १४ अंकका साथ फाइनलमा पुगिसकेको छ भने एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको समान १२–१२ अंक छ ।

    अन्तिम खेलमा आर्मी विजयी भए ऊ फाइनल पुग्नेछ । नत्र रनरेटका आधारमा फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । मधेश र बागमतीले ९–९ खेल खेलिसकेका छन् ।

    कर्णालीले भने चार जितका साथ सातौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij