शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

खेलकुद

प्रधानमन्त्री कप : पुलिस क्लब अपराजित, फाइनलमा आर्मीसँग खेल्ने


  • 559
    SHARES
  • https://indrenipost.com/posts/6282
    माघ १८, २०८० बिहीबार
    प्रधानमन्त्री कप : पुलिस क्लब अपराजित, फाइनलमा आर्मीसँग खेल्ने

    काठमाडौं । नेपाल पुलिस अपराजित रहदै पीएम कपको फाइनलमा पुगेको छ ।

    बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले पराजित गरेपछि प्रतियोगितामा अपराजित हुदै फाइनल खेल्ने भएको हो ।  

    नेपाल पुलिस क्लबले दिएको १९९ रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले ३७.१ ओभरमा अलआउट हुदै १२० रन बनाएको थियो ।

    यस अघि पुलिस क्लबले पहिला ब्याटिंग गर्दै ४७.५ ओभरमा अल आउट भएर १९८ रन बनाएको थियो । मौसम खराब भएपछि यो खेल ४९-४९ ओभर खेलाइएको थियो ।  

    योजितसँगै पुलिस क्लबले प्रतियोगितामा आफ्ना सबै ९ खेलमा जित हासिल गर्दै १८ अंक हासिल गरेको छ ।

    अब पुलिसले फाइनलमा शनिबार ९ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

    यो हारसँगै सुदूरपश्चिम प्रदेश ९ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेर प्रतियोगिता सकाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij