बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

रोनाल्डोको अल नासरसँग ६-० ले पराजित भयो मेस्सीको मियामी


  • 379
    SHARES
  • https://indrenipost.com/posts/6297
    माघ १९, २०८० शुक्रबार
    रोनाल्डोको अल नासरसँग ६-० ले पराजित भयो मेस्सीको मियामी

    समकालीन विश्वका दुई प्रमुख फुटबलरहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो आबद्ध क्लबहरू गए राति मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिए ।

    साउदी अरबमा भएको इन्टर मियामी र अल नासरबीचको प्रतिस्पर्धालाई धेरैले मेस्सी र रोनाल्डोबीचको प्रतिस्पर्धाका रूपमा हेरेका छन् ।

    हाल मेस्सी मियामी र रोनाल्डो अल नासरका लागि फुटबल खेलीरहेका छन् । गए राति भएको खेलमा मियामीविरुद्ध अल नासरले ६-० को जित निकाल्यो ।

    इन्टरमियामीविरुद्ध अल नासरले सुरुवात अर्थात खेलको ३ मिनेटमै अग्रता लियो । त्यस्तै १०औँ र १२औँ मिनेटमा गोल गर्दै अल नासरले पहिलो हाफतमा इन्टर मियामीविरुद्ध ३-० को अग्रता कायम गर्‍यो ।

    पहिलो हाफमा इन्टरमियामीविरुद्ध ३ गोल गरेको अल नासले दोस्रो हाफमा पनि थप ३ गोल गर्दै ६-० को जित निकाल्यो । दोस्रो हाफको ५१औँ, ६८औँ र ७३ औँ मिनेटमा अल नासरले गोल गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij