बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई, आर्मी पराजित


  • 451
    SHARES
  • https://indrenipost.com/posts/6345
    माघ २०, २०८० शनिबार
    प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई, आर्मी पराजित

    काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

    कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो ।

    आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।

    पुलिसका लागि शंकर रानाले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा सर्वाधिक ६२ रनको योगदान दिए । उनले ५ चौका र ४ छक्का हिर्काए । त्य

    स्तै अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाए । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।

    आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ७ चौका र १ छक्का हिर्काए । ७ विकेटका ६९ रनको खराब स्थितिमा रहेको बेला यादवले सोमपाल कामीसँग आर्मीको इनिङ्स सम्हालेका थिए ।

    सोमपालले ३९ रन बनाए । आर्मीका लागि ओपनर इमरान शेखले २८ तथा कुशल मल्लले १७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    नेपाल पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij