बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

खेलकुद

विश्वकप फुटबल- २०२६ को उदघाटन खेल कहाँ र कहिले हुँदैछ ?


  • 649
    SHARES
  • https://indrenipost.com/posts/6385
    माघ २२, २०८० सोमबार
    विश्वकप फुटबल- २०२६ को उदघाटन खेल कहाँ र कहिले हुँदैछ ?

    विश्वकप फुटवल २०२६ को उदघाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको छ ।   

    फिफाले गएराति घोषणा गरेअनुसार विश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो । 

    जसअनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ ।

    विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ । अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।

     मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij