बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

इन्टरलाई चार अंकको अग्रता


  • 442
    SHARES
  • https://indrenipost.com/posts/6405
    माघ २२, २०८० सोमबार
    इन्टरलाई चार अंकको अग्रता

    काठमाडौं । दोस्रो स्थानको युभेन्ट्सविरुद्ध १–० को जित निकाल्दै इटालियन सिरी ‘ए’मा इन्टर मिलानले शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता बनाएको छ ।

    आइतबार राति सान सिरोमा इन्टरले युभेन्ट्सबाट आत्मघाती गोल उपहार पाउँदा तीन अंक थप्ने अवसर पायो । ३७औँ मिनेटमा युभेन्ट्सका फेडेरिको गाटीबाट भएको आत्मघाती गोल नै इन्टरको जितमा पर्याप्त बन्यो ।

    जितसँगै २२ खेलबाट ५७ अंक जोडेको इन्टर दोस्रो स्थानको युभेन्ट्सभन्दा चार अंकले अगाडि छ । इन्टरभन्दा एक खेल धेरै खेलेको युभेन्ट्सको ५३ अंक छ ।

    इन्टरले अब फेब्रुअरी १० मा छैटौँ स्थानको रोमासँग खेल्नेछ । युभेन्ट्सले भने त्यसको तीन दिनपछि युडिनेसविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij