शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

खेलकुद

एशियन कप : फाइनलमा जोर्डन र कतार भिड्दै


  • 487
    SHARES
  • https://indrenipost.com/posts/6525
    माघ २७, २०८० शनिबार
    एशियन कप : फाइनलमा जोर्डन र कतार भिड्दै

    काठमाडौं । १८औं एशियन कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि आज भिड्दै छन् ।

    यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि शुरु हुदै छ ।  

    जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २.० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

    जोर्डन एशियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौं पटक एशियन कप खेलिरहेको छ ।   

    त्यस्तै कतारले सेमिफाइनलमा इरानलाई ३.२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो ।

    डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औं पटक एशियन कप खेलिरहेको छ । सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले २०१९ मा एशियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एशियन कपको फाइनल खेल्दैछ ।  

    एशियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउनेछ ।

    त्यस्तै एशियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एक एक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij