मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

समाचार

गायक रवि ओडविरुद्ध बलात्कार मुद्दा, प्रहरीको पक्राउ सूचीमा


  • 703
    SHARES
  • https://indrenipost.com/posts/7533
    चैत २३, २०८० शुक्रबार
    गायक रवि ओडविरुद्ध बलात्कार मुद्दा, प्रहरीको पक्राउ सूचीमा

    काठमाडौं । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् ।

    उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

    उनका अनुसार यही चैत २० गते गायक ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता भएको हो । योसँगै गायक ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    श्रीमतीको स्वास्थ्य परीक्षणको प्रक्रिया अगाडि बढाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ओड गायन रियालिटी शो नेपाल आइडल सिजन-२ का विजेता पनि हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij