शनिबार, साउन २४ गते २०८२ Aug 09 2025 Saturday
images
images

राजनीति

एमालेले पूर्णकालीन नेता-कार्यकर्तालाई मासिक तलब दिने

जेष्ठ कम्युनिस्टहरुलाई परिचयपत्र दिइने


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/763
    असोज ५, २०७८ मंगलबार
    एमालेले पूर्णकालीन नेता-कार्यकर्तालाई मासिक तलब दिने

    काठमाडौं । नेकपा एमालेमा पूर्णकालीन नेता कार्यकर्तालाई तलब दिने प्रस्ताव राखिएको छ । एमालेको प्रस्तावित विधान संशोधनको प्रतिवेदनमा मासिक खर्च उपलब्ध गराउने उल्लेख छ ।

    “पार्टीका पूर्णकालीन सदस्यलाई सम्बन्धित कमिटीले आवश्यक मासिक खर्च व्यवस्था गर्नेछ,” प्रतिवेदनमा भनिएको छ, “पार्टीका नेता वा कार्यकर्तालाई काममा खटाउँदा हुने खर्चको व्यवस्था काममा खटाउने सम्बन्धित कमिटीले गर्नेछ ।”

    त्यसैगरी केन्द्रीय कमिटीले एकता र एकीकरण प्रक्रिया अघि बढाउन निर्वाचित केन्द्रीय सदस्यको २० प्रतिशत थप्न सक्ने व्यवस्था प्रस्तावमा उल्लेख छ । एमालेले जेष्ठ कम्युनिस्टहरुको छानबिन गरी उनीहरुलाई परिचयपत्र पनि दिने भएको छ ।
     
    एमालेको विधान महाधिवेशनमा प्रस्ततु हुने दस्तावेज स्थायी कमिटीमा छलफल भएर केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको छ । एमालेको विधान महाधिवेशन असोज १५–१७ गतेसम्म हुनेछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij