बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

समाचार

६ जना सचिवको सरुवा, को-कहाँ पुगे (नामावलीसहित)


  • 550
    SHARES
  • https://indrenipost.com/posts/7983
    बैशाख २१, २०८१ शुक्रबार
    ६ जना सचिवको सरुवा, को-कहाँ पुगे (नामावलीसहित)

    काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ । हिजो ९बिहीबार० बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

    बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई सरुवा गर्ने निर्णय गरेको छ । 

    यस्तै लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको पशुपंक्षी विकास सचिवका रुपमा सरुवा गरिएको छ । 

    मन्त्रिपरिषद्ले पशुपंक्षीका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिने निर्णय गरेको छ ।

    यसैगरी कृषि सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij