बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राजनीति

यस्तो छ नेपाल आइपुगेकी जापानकी विदेशमन्त्री खामीखावाको भ्रमण तालिका


  • 460
    SHARES
  • https://indrenipost.com/posts/8010
    बैशाख २३, २०८१ आइतबार
    यस्तो छ नेपाल आइपुगेकी जापानकी विदेशमन्त्री खामीखावाको भ्रमण तालिका

    काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको नेपालको एक दिने भ्रमणका लागि काठमाडौंआइपुगेकी छन् ।

    परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

    खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले भने, ‘विदेशमन्त्री कामीकावाको मैत्रीपूर्ण नेपाल भ्रमण हो । नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी हुँदैन ।’

    यो भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने उनले बताए ।

    नेपालमा रहँदा उनले विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम रहेको छ । उनले दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उनी २:३० बजे दरवार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

    खामीखावा र श्रेष्ठबीचको द्विपक्षी भेटवार्ता सम्पन्न भएपश्चात उनले ३:३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्र मन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुनेछिन् । त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामच्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ । कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij