बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राजनीति

बालुवाटारमा प्रचण्ड, ओली र रविबीच वार्ता, के भयो कुरा ?


  • 577
    SHARES
  • https://indrenipost.com/posts/8013
    बैशाख २३, २०८१ आइतबार
    बालुवाटारमा प्रचण्ड, ओली र रविबीच वार्ता, के भयो कुरा ?

    काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड,’ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

    भेटवार्तामा देशको पछिल्लो राजनीतिक समसामयीक घटनाक्रमबारे छलफल भएको हो । विशेषगरी गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको विषयमा छलफल भएको छ । 

    बालुवाटार स्रोतका अनुसार छलफलमा आगामी बजेट अधिवेशन, बजेट निर्माण प्रक्रिया, प्रदेश सरकार, विश्वविद्यालयलगायतका विषण्मा छलफल भएको थियो । 

    सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन आह्वान गरेको छ । उक्त अधिवेशनको सुरुवात् अगावै सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले केही दिनयता क्रियाशिलता देखाएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij