आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

शेरा दरबारको जग्गाबारे सरकारलाई सहयोग गर्छु : प्रचण्ड

  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8024
    पुष १८, २०८१ बिहीबार
    शेरा दरबारको जग्गाबारे सरकारलाई सहयोग गर्छु : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

    बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

    उनले शेरा दरबार जग्गा प्रकरणको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न चाहेको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए। उनले सरकारको जमिन कुनै व्यक्तिले गैरकानूनी रुपले व्यक्तिको नाममा हाल्ने कार्यमा जो कोही संलग्न भए पनि कानूनको दायरामा ल्याउनुपर्ने बताए।

    उनले ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभई धन्यावाद दिने बताए।

    अध्यक्ष दाहालले भने, ‘अहिले यही शेरा दरबारको चर्चा सुनेपछि मैले अस्ति झापाको कार्यक्रममा बोलेको पनि थिएँ। दोषीलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न तयार छौँ भनेको थिएँ। मैले अरु भन्नु केही पनि छैन। मैले खालि सरकारलाई के भन्छु भने कानुनविपरीत काम भएको छ भने जसरी ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइयो। त्यसैगरी शेरा दरबारको पनि भयो भने म सरकारलाई सहयोग मात्र होइन धन्यावाद पनि भन्नेछु।’

    नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको थियो।

    त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सिआईबीले पत्र लेखिसकेको छ। बिहीबार समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल भइरहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij