बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

चियापान कार्यक्रम

कांग्रेस–कम्युनिष्ट राप्रपाको मञ्चमा ! 


  • 379
    SHARES
  • https://indrenipost.com/posts/8028
    पुष २६, २०८१ शुक्रबार
    कांग्रेस–कम्युनिष्ट राप्रपाको मञ्चमा ! 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

    केही दिन पहिले लिङ्देनले निवासमा पुगेर देउवालाई भेटेका थिए । त्यस्तै उनले बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेरै ओलीसँग भेटवार्ता गरेका हुन् । 

    भेटवार्ताको क्रममा विविध पक्षमा लामो कुराकानी भएको लिङ्देनको सचिवालयले जनाएको छ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते राप्रपाले भृकुटी मण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ । 

    चियापान कार्यक्रममा निमन्त्रणा दिनेक्रममा ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमबारे उनीहरूबीच छलफल भएको बताइएको छ । 

    लिङ्देनले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने बताइएको छ । 


    राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते राप्रपाले भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको मञ्चमा सत्ता र प्रतिपक्षी दलका नेताहरूलाई लिङ्देनले उभ्याउने कोसिस गरेका छन् । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij