बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

सहकारी प्रकरण

रविको बयान न्यायाधीश अधिकारीको इजलासमा


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8032
    पुष २८, २०८१ आइतबार
    रविको बयान न्यायाधीश अधिकारीको इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा हुँदैछ । 

    उनको बयान र थुनछेक न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको हो । 

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोजन पत्र दायर भएपछि उनी आज (आइतबार) अदालतमा हाजिर भएका हुन् । 

    गोरखा मिडिया नेटवर्कमा गैरकानुनी ढंगबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

    रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij