बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

समाचार

बालेनको प्रश्न– स्थानीय सरकारको समस्या संघलाई भन्नुपर्ने, प्रदेशको के काम ?


  • 298
    SHARES
  • https://indrenipost.com/posts/8039
    पुष २८, २०८१ आइतबार
    बालेनको प्रश्न– स्थानीय सरकारको समस्या संघलाई भन्नुपर्ने, प्रदेशको के काम ?

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले स्थानीय सरकारको समस्या संघलाई नै भन्नुपर्ने भए प्रदेशको के काम भन्दै प्रश्न गरेका छन् । 

    आज (आइतबार) बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालसँग कुराकानी गर्दै मेयर बालनले यस्तो प्रश्न गरेका हुन् ।

    उनले भने, ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभास हुन सकेन ।’
    स्थानीय सरकारका समस्याहरू पनि संघ सरकारलाई नै भन्नुपर्ने हुँदा प्रदेश सरकारको आवश्यकता किन ? भन्दै मेयर शाहले प्रश्न गरे ।

    ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो ? सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनःस्थापनाबारे पनि संघकै चासो देखिन्छ,’ उनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij