बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

सहकारी प्रकरण

रविको बयान सकियो, कहिले हुन्छ थुनछेक बहस ?


  • 577
    SHARES
  • https://indrenipost.com/posts/8040
    पुष २८, २०८१ आइतबार
    रविको बयान सकियो, कहिले हुन्छ थुनछेक बहस ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान काठमाडौं जिल्ला अदालतमा सकिएको छ । 

    उनको बयान दिउँसो १ः०० बजेबाट सुरु भई ३ः०० बजे सकिएको हो । 

    काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरण मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर रविले बयान दिएका हुन् । 

    जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविले बयान दिएका थिए । उनको थुनछेक बहस पनि आजै हुने अदालतले जनाएको छ ।

    कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा रवि काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij