बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

बचत अपचलन

रविलाई फेरि पुर्‍याइयो प्रहरी हिरासतमा


  • 280
    SHARES
  • https://indrenipost.com/posts/8042
    पुष २८, २०८१ आइतबार
    रविलाई फेरि पुर्‍याइयो प्रहरी हिरासतमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौं प्रहरी हिरासतमा रहने भएका छन् । 

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि उनी हिरासतमा नै रहने भएका हुन् । 

    अधिकारीको इजलासमा भएको लामिछानेको बयान केही बेरअघि सकिए पनि थुनछेक बहस सुरू नभएपछि सोमवार अदालतमा उपस्थित गराउने सर्तमा हिरासतमा राख्ने आदेश दिइएको बुझिएको छ ।

    अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेले सुरूमा नै बयान दिन सुरू गरेका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुटने छन् ।

    सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij